मनोरञ्जन

नेपाली चलचित्र ‘एक भगवद् गीता’ को विवाद समाधान

नेपाली चलचित्र ‘एक भगवद् गीता’ को विवाद समाधान

२५ भदौ, काठमाडौं । चलचित्र ‘एक भगवद् गीता’को शीर्षकलाई लिएर निर्माण भएको विवाद समाधान भएको छ । गुनासोकर्ता र चलचित्र निर्माताबीच भएको सहमतिअनुसार अब चलचित्र ‘एक भगवद् र एक गीता’ (सामाजिक कथा) हुनेछ ।

विश्व हिन्दू महासंघ, शिवसेना नेपाल, विश्व हिन्दू युवा संघ, जगतगुरु आश्रम लगायत हिन्दू जागरण नेपालसँग आवद्ध १३ संस्थाले चलचित्र ‘एक भगवद् गीता’ को प्रदर्शन रोक्न चलचित्र विकास बोर्डमा उजुरी दिएका थिए । । चलचित्रको शीर्षक र पात्रले सनातन धर्ममा चोट पुर्याएको उनीहरुको तर्क छ । र सोही अनुसार बोर्डले चलचित्र प्रदर्शन गर्न आवश्यक पर्ने अनुमोदन प्रक्रिया रोकेको बताइएको छ ।

दुई पक्षबीचको सम्झौता गराउनमा हामीले अभिभावकको भूमिका निर्वाह गरेका छौं, जुन चलचित्र उद्योगका लागि राम्रो हो,’ बोर्डका अध्यक्ष भुवन केसीले भने ।

चलचित्र सेप्टेम्बर १५ मा पूर्वनिर्धारित मितिमा नयाँ शिर्षकका साथ प्रदर्शन हुने चलचित्र निर्माता सुनिलकुमार थापालले जानकारी दिनुभयो ।“सबैको भावनालाई सम्मान गर्दै नाम परिवर्तन गर्न सहमत भएका छौं । तर, फिल्मले कुनै धर्म वा समुदायलाई चोट पुर्याउँदैन ।”

झरना थापाले निर्देशन गरेको चलचित्रमा विपिन कार्की, सुहाना थापा, धिरज मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

२९८ पटक हेरीएको

सम्बन्धित समाचार