२६ भदौ, काठमाडौं । संविधानसभाका अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको गोरखापत्र अनलाइनका अनुसार घरमै हृदयघात भएपछि उनलाई महाराजगञ्ज विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका लागि लगिएको थियो । बाटोमै मृत्यु भयो ।
उनलाई दिउँसो १ः२० बजे अस्पताल ल्याइएको शिक्षण अस्पतालका आकस्मिक विभागका प्रमुख रमेश महर्जनले जानकारी दिए ।
डा महर्जनका अनुसार अस्पतालले नेता नेम्वाङको निधन ४ बजेर २० मिनेटमा औपचारिक रुपमा घोषणा गरेको हो ।
बाथरुममा जाने क्रममा बेहोस भएर परिवारका सदस्यले उनलाई तत्काल उपचारका लागि अस्पताल पुर्याए पनि बाटोमै उनको मृत्यु भएको थियो ।
डा महर्जनले भने, ‘हाम्रो अस्पतालको ठुलो टोलीले अथक प्रयास गरे पनि बाटोमै मृत्यु भएकाले बचाउन सकेन ।
१७४ पटक हेरीएको