समाचार

आज राष्ट्रिय शिक्षा दिवस मनाइँदै

आज राष्ट्रिय शिक्षा दिवस मनाइँदै

२ असोज, काठमाडौँ । ‘समावेशी र सीपमा आधारित शिक्षा र युवालाई स्वदेशभित्रै टिकाउ’ भन्ने नाराका साथ आज राष्ट्रिय शिक्षा दिवस, २०८० देशभर मनाइँदै छ दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्री अशोक राईको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ ।

मन्त्रालयले एक कार्यक्रमको आयोजना गरी ‘क’, ‘ख’ र ‘ग’ विधाका विभिन्न व्यक्तित्व तथा संस्थाका शिक्षक, कर्मचारीलाई ‘नेपाल विद्याभूषण सम्मान’ प्रदान गर्ने भएको छ ।

पीएचडी गरेका ९० जनालाई ‘क’ वर्ग, स्नातकोत्तर तहमा उत्कृष्ट हुने ७१ जनालाई ‘ख’ वर्ग र स्नातक तहमा उत्कृष्ट हुने ४४ जनालाई ‘ग’ वर्ग सम्मान दिइनेछ । यस्तै कार्यक्रममा छात्रविद्या पदक प्रदान गरिनेछ ।

तर, ढिलो बजेट विनियोजन भएकाले पुरस्कार र मेडल पछि मात्रै वितरण गरिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले अवार्ड पाउनेहरुको नामावली सार्वजनिक गरेको छ ।

यस वर्षका लागि ‘नेपाल प्रविधि भूषण’ र ‘समाज कल्याण शिक्षा पुरस्कार’ नामका पुरस्कार थपिएका छन् ।

कुल १७७ व्यक्तिहरूलाई पुरस्कृत गरिन्छ।

हरेक वर्ष असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाइन्छ ।

१३१ पटक हेरीएको

सम्बन्धित समाचार