असोज ६, काठमाडौं । विद्यालय शिक्षा विधेयकको विरोधमा प्रदर्शन गरेको आरोपमा शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेका १७ विद्यार्थी रिहा भएका छन् । उनीहरुले देशको केन्द्रीय प्रशासनिक परिसर सिंहदरबार अगाडि प्रदर्शन गरेका थिए ।
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) निकट विद्यार्थी संगठनका विद्यार्थीलाई बेलुका रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमुद ढुङ्गेलले जानकारी दिए ।
युनियन संयोजक मिलन राई समेत पक्राउ परेकाहरुलाई सिंहदरबार प्रहरी वृत्तमा लगिएको छ ।
१५६ पटक हेरीएको