मुख्य समाचार

प्रधानमन्त्रीले उच्चस्तरीय बैठक, विभिन्न कार्यक्रममा भाग लिने

प्रधानमन्त्रीले उच्चस्तरीय बैठक, विभिन्न कार्यक्रममा भाग लिने

असोज ७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल एक साताव्यापी औपचारिक भ्रमणका लागि शनिबार चीन पुगेका छन् । प्रधानमन्त्री चीनको हाङ्जाओ सहर आइपुगेका हुन् । प्रधानमन्त्री स्थानीय समय अनुसार शनिबार बिहान १०ः३० बजे हाङ्जाओ विमानस्थलमा अवतरण गरेका थिए ।

प्रधानमन्त्री दाहाललाई हाङ्जाओ अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ खेलकुद सामान्य प्रशासनमन्त्री तथा चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाओ जिदानले स्वागत गरेका थिए । सो अवसरमा चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत चेन सोङको पनि उपस्थिति रहेको थियो ।

संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभालाई सम्बोधन गरेर प्रधानमन्त्री दाहाल न्यूयोर्कबाट चीन पुगेका हुन् । उनले सेप्टेम्बर २२ मा संयुक्त राष्ट्र संघलाई सम्बोधन गरेका थिए।

प्रधानमन्त्री दाहालसँगै परराष्ट्रमन्त्री एनपी साउदलगायत प्रतिनिधिमण्डलका सदस्य पनि छन् ।

त्यसैगरी, प्रधानमन्त्री सोही सहरमा १९औँ एसियाली खेलकुदको उद्घाटन सत्रमा सहभागी भएका थिए ।

कार्यक्रममा चिनियाँ खेलकुद अधिकारीहरुले प्रधानमन्त्रीलाई स्वागत गरेका थिए ।

त्यसैगरी प्रधानमन्त्री दाहालले चीनका राष्ट्रपति सी जिनपिङसँग हाङ्जाओ सहरमा भेटवार्ता गरेका छन् । उनीहरुबीच उच्चस्तरीय भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा नेपाल–चीन सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, प्रधानमन्त्री ओली शनिबार नै हाङ्जाओ सहरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले आयोजना गरेको दिवाभोजमा सहभागी भएका थिए । स्वागत समारोहमा प्रतिनिधिमण्डलका अन्य सदस्यहरू पनि उपस्थित थिए।

आइतबार स्थानीय समय अनुसार बिहान ११ बजेर १० मिनेटमा प्रधानमन्त्री बेइजिङ पुग्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले आइतबार बेइजिङमा हुने नेपाल–चीन व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । बेइजिङस्थित नेपाली राजदूतावासको संयोजनमा हुन लागेको सम्मेलन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र चिनियाँ उद्योगीहरूको सङ्गठन सीसीपीआईटीले आयोजना गर्न लागेको हो ।

यसैबीच नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा नेपाल उद्योगी तथा उद्यमी दुवै देशका एक सयभन्दा बढी व्यवसायीको सहभागिता रहने व्यापार सम्मेलनमा सहभागी हुन यहाँ आइपुगेका छन् ।

सम्मेलनमा नेपालमा लगानीका सम्भावना र नेपाल र चीनबीचको लगानीका क्षेत्रबारे छलफल हुने अपेक्षा गरिएको छ ।

सोमबार प्रधानमन्त्रीले नेशनल पिपुल्स कांग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग भेट गर्ने कार्यक्रम छ ।

उहाँले सेप्टेम्बर २५ मा आफ्ना चिनियाँ समकक्षी ली क्वाङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ भने सोही दिन नेपाल र चीनबीच विभिन्न समझदारी र सम्झौतामा हस्ताक्षर हुनेछ ।

त्यसैगरी भ्रमणमा रहेका प्रधानमन्त्रीले चीनको कृषि तथा औद्योगिक विकासको अवलोकन गर्न चोङकिङ नगरपालिकाको भ्रमण गर्नेछन् । नगरपालिकाले छोटो अवधिमा कृषि र प्रविधिको क्षेत्रमा उच्च सफलता हासिल गरेकोले उनले चोङकिङ नगरपालिकाको अध्ययन भ्रमण गर्नेछन् ।

प्रधानमन्त्री दाहालले नेपालसँग सीमा जोडिएको चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासाको भ्रमण गर्नुका साथै त्यहाँका उच्च अधिकारीसँग तिब्बतमा भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल भदौ ३० गते स्वदेश फर्कनेछ ।

१३६ पटक हेरीएको

सम्बन्धित समाचार