मुख्य समाचार

एमालेलको आजदेखि बागमती अधिवेशनको उद्घाटन सत्र आजदेखि सुरु

एमालेलको आजदेखि बागमती अधिवेशनको उद्घाटन सत्र आजदेखि सुरु

नेकपा एमालेको वाग्मती प्रदेश अधिवेशनको उद्घाटन सत्र आजदेखि सुरु हुँदैछ । एमाले अध्यक्ष केपी ओलीले काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन गर्ने कार्यक्रम छ ।एमाले वाग्मती प्रदेश अध्यक्ष केशव पाण्डेले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको पुष्टि गरे ।

उद्घाटनअघि एमालेले काठमाडौंका विभिन्न ६ स्थानबाट र्‍याली आयोजना गर्दैछ । यो महाधिवेशनमा १३ जिल्लाका १ हजार १३८ प्रतिनिधिहरुको सहभागिता रहनेछ ।

बादल पाण्डेका अनुसार काभ्रेमा १ सय ३२, काभ्रेमा १ सय २५, मकवानपुरबाट १ सय ६, धादिङबाट ८७, चितवनबाट ८५, रामेछापबाट ८१, भक्तपुरबाट ६६, सिन्धुलीबाट ६६, दोलखाबाट ६५, सिन्धुपाल्चोकबाट ६४, नुवाकोटमा ६४ जना प्रतिनिधि रहेका छन् । ललितपुरका ५० र रसुवाका २७ जना छन् ।

यसबाहेक विभिन्न जनसंघटनबाट ९५ जना प्रतिनिधि निर्वाचित भएका छन् । महाधिवेशनको बन्द सत्र भोलि (मंगलबार) बाट सुरु हुने भएको छ ।

महाधिवेशनमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव गरी २४० सदस्यीय समिति चयन हुनेछ । धेरै नेताहरुले प्रदेश अध्यक्षको जिम्मेवारी सम्हाल्ने इच्छा व्यक्त गरेका छन् ।

१५३ पटक हेरीएको

सम्बन्धित समाचार