तनहुँको अनबुखरेनी गाउँपालिकाले आफैं प्राविधिक प्रतिष्ठान स्थापना गर्ने भएको छ । गाउँपालिकाले आफ्ना विद्यार्थीको प्राविधिक शिक्षा हासिल गर्ने चाहनालाई सम्बोधन गर्न प्राविधिक प्रतिष्ठान स्थापना गर्ने तयारी गरिरहेको छ ।
अन्बुखैरेनीले माध्यमिक तहको प्राविधिक शिक्षाका लागि अन्य जिल्लामा जाने बाध्यता अन्त्य गर्न प्राविधिक प्रतिष्ठान स्थापना गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।
यसका लागि वडा नं २ मा रहेको नेपाल विद्युत प्राधिकरणको भवन प्रयोग गर्ने गाउँपालिकाले जनाएको छ । वर्षौंदेखि प्रयोगविहीन भवनमा गाउँपालिकाले प्राविधिक प्रतिष्ठान स्थापना गर्ने योजना बनाएको उनले बताए ।
भवनको संरक्षण र प्रयोगका लागि ऊर्जा मन्त्रालयले गाउँपालिकालाई स्वीकृति दिएपछि प्राविधिक प्रतिष्ठान स्थापनाको प्रक्रियाले गति लिनेछ ।
१६६ पटक हेरीएको