हाईलाइट

प्रधानमन्त्री दाहाल बेइजिङमा स्वागत समारोहमा सहभागी

प्रधानमन्त्री दाहाल बेइजिङमा स्वागत समारोहमा सहभागी

असोज ८, काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले आज साँझ आफ्नो सम्मानमा यहाँस्थित नेपाली दूतावासले आयोजना गरेको स्वागत रात्रीभोजमा सहभागी हुनुभएको छ ।

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले प्रधानमन्त्री र उहाँको प्रतिनिधिमण्डललाई स्वागत गर्न आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहाल सहभागी भएका थिए ।

स्वागत समारोहमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, खानेपानी मन्त्री महिन्द्रा यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, सचिवहरु, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, चीनमा रहेका नेपाली नागरिक तथा चिनियाँ समुदायका सदस्यहरुको समेत सहभागिता रहेको थियो । ।

सो अवसरमा राजदूत श्रेष्ठले चीनको अनुपम विकास र प्रगति मोडलबाट पाठ सिक्दै नेपालको समृद्धिबाट कसरी फाइदा लिन सकिन्छ भन्नेमा जोड दिनुपर्नेमा जोड दिए । दूतावासले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई मजबुत बनाउन काम गरिरहेको बताए ।

प्रधानमन्त्री दाहालले आइतबार आफ्ना चिनियाँ समकक्षी ली खछ्याङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

२१६ पटक हेरीएको

सम्बन्धित समाचार