वाग्मती

डाक्टर अपहरणमा संलग्न तामाङ १३ वर्षपछि पक्राउ

डाक्टर अपहरणमा संलग्न तामाङ १३ वर्षपछि पक्राउ

असोज ८, काठमाडौं । डा. भक्तमान श्रेष्ठको अपहरण प्रकरणमा दोषी ठहर भएका नुवाकोटका सुब्बा तामाङ (लुप्पा)लाई प्रहरीले १३ वर्षपछि आज पक्राउ गरेको छ ।

विदुर नगरपालिका–१२ का ३९ वर्षीय तामाङ घर नजिकैको आफन्तको घरमा लुकेर बसेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

तामाङले चितवनस्थित बीपी मेमोरियल क्यान्सर अस्पतालका तत्कालीन कार्यकारी निर्देशक डा श्रेष्ठलाई अपहरण गरेका थिए र अपहरणपछि फरार थिए । पक्राउ परेपछि प्रहरीले फैसला कार्यान्वयनका लागि जिल्ला अदालत चितवनमा पेस गरेको थियो ।

जिल्ला अदालत चितवनले डा श्रेष्ठलाई अपहरण गरेको अभियोगमा दोषी ठहर गर्दै १३ वर्ष कैद र एक लाख नगद जरिवाना गरेको थियो । पक्राउ परेकालाई अदालतले आज नै कारागार चलान गरेको छ ।

डाक्टर अपहरण प्रकरणमा तामाङसहित ६ जना दोषी ठहर भएका छन् । केही अपराधी प्रहरीको नियन्त्रणमा रहे पनि केही फरार रहेको डिएसपी खड्काले जानकारी दिए ।

१५६ पटक हेरीएको

सम्बन्धित समाचार