असोज १०, काठमाडौं । ४४औँ विश्व पर्यटन दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
दिवसको अवसरमा आज (सेप्टेम्बर २७) संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभागलगायत पर्यटन क्षेत्रका संघसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउँदैछन् ।
‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ नेपालमा पनि विश्व पर्यटन दिवस मनाइँदैछ, पर्यटन मन्त्रालयले जनाएको छ । दिवस मनाउन पर्यटनमन्त्री सुदन किरातीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।
मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीका अनुसार आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानबाट आएका विदेशी पर्यटकलाई पर्यटनमन्त्रीले स्वागत गरेका छन् ।
त्यस्तै आज बिहान ललितपुरको पाटनढोकादेखि मंगलबजारसम्म र्याली निकालिनेछ ।
१३३ पटक हेरीएको