हाईलाइट

प्रधानमन्त्री दाहाल ल्हासा प्रस्थान

प्रधानमन्त्री दाहाल ल्हासा प्रस्थान

असोज १०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको छिङचोङ सहरबाट आज चीनको स्वायत्त क्षेत्र तिब्बतको ल्हासा प्रस्थान गरेका छन् । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल आज बिहान चीनको छिङचोङ सहरबाट ल्हासा प्रस्थान गरेका छन् ।

उनी स्थानीय समयानुसार आज दिउँसो १२ः०५ बजे ल्हासा आइपुग्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहाल ल्हासास्थित नेपाली महावाणिज्य दूतावासको कार्यालयमा आज दिउँसो हुने अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछन् ।

उनले आज तिब्बतको पोतला दरबार र जोखाङ मन्दिरको पनि भ्रमण गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहालले चिनियाँ कम्युनिष्ट पार्टी सिछाङ स्वायत्त क्षेत्रका सचिव वाङ जुन छेङसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

उनी आज ल्हासामै रहनेछन् । उहाँका साथमा परराष्ट्रमन्त्री एनपी साउद, खानेपानीमन्त्री महिन्द्रा राय यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालगायत उहाँको भ्रमण दलका सदस्य छन् ।

२१६ पटक हेरीएको

सम्बन्धित समाचार