असोज ११, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपालको कला र संस्कृति नेपाली नागरिकको पहिचानको अभिन्न अङ्ग भएको बताउनुभएको छ ।
बुधबार भक्तपुर दरबार चोकमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल र नेपालीको यस्तो पहिचानलाई बढावा दिनुपर्नेमा जोड दिए ।
उनले उत्पादनमूलक क्षेत्रमा लगानी नगरेकाले सहकारीले उद्देश्य पूरा गर्न नसकेको बताए ।
कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले विद्यालय शिक्षा विधेयक विरुद्धको शिक्षक आन्दोलनले स्थानीय तहको अधिकारमा अंकुश लगाउन सक्ने भन्दै आन्दोलन गलत भएको बताए ।
भक्तपुर महानगरपालिकाका मेयर सुनिल प्रजापतिले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएका विभिन्न सम्पदा स्थानीय सरकारले आफैंले पुनःनिर्माण गर्न सक्ने बताए ।
सो अवसरमा संस्कृति संरक्षणमा योगदान पुर्याएका २२ जनालाई सम्मान गरिएको थियो ।
१७२ पटक हेरीएको