मुख्य समाचार

अर्थमन्त्री महतले नेपाललाई सुरक्षा सरोकारको सूचीबाट हटाउन युरोपेली संघलाई आग्रह

अर्थमन्त्री महतले नेपाललाई सुरक्षा सरोकारको सूचीबाट हटाउन युरोपेली संघलाई आग्रह

असोज २६, काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाललाई उड्डयन सुरक्षा सरोकारको सूचीबाट हटाउन युरोपेली संघ (इयु)सँग आग्रह गरेका छन् । उनले मोरक्कोको माराकेशमा इयु आयुक्त सुश्री जुट्टा उर्पिलेनेनसँग एक साइडलाइन भेटमा यो अनुरोध गरेका हुन्।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री हाल माराकेशमा छन् । त्यसैगरी, भेटमा उनले नेपाललाई आर्थिक सहयोग बढाउन ईयूलाई आग्रह गरेको मन्त्री महतको सचिवालयले जनाएको छ ।

सन् २०१३ देखि युरोपेली संघले नेपालको वायुसेवा कम्पनीहरूलाई आफ्नो वायु सुरक्षा सरोकारको सूचीमा राखेको र त्यसैका कारण नेपालको वायुसेवा कम्पनीहरूले युरोपेली आकाशमा उडान सञ्चालन गर्न पाएका छैनन्। ईयूले २०७९ सालमा नेपाली एयरलाइन्सको अनुगमन गर्दा नेपाली वायुसेवालाई उड्डयन सरोकारको सूचीबाट हटाउन अस्वीकार गरेको थियो ।

यसले सन् २०२३ को फेब्रुअरीमा हवाई सुरक्षाका विषयमा स्थलगत अनुगमन गर्ने योजना घोषणा गरेको थियो तर जनवरी १५ मा पोखरा विमानस्थल नजिकै भएको हवाई दुर्घटनापछि अनुगमनका लागि इयु टोली नेपाल आएन । तर युरोपेली संघको सुरक्षा समितिले नेपाली वायुसेवा कम्पनीको स्थलगत अध्ययन र हवाई सुरक्षाका सम्बन्धमा भदौ/सेप्टेम्बरमा अर्थमन्त्रीले सोही सन्दर्भमा अनुरोध गरेको हो । सो अवसरमा ईयु कमिश्नरले नेपालस्थित ईयू दूतावासमार्फत यस विषयमा काम अगाडि बढाउने र यस विषयमा छलफल समेत गर्ने बताए ।

१६१ पटक हेरीएको

सम्बन्धित समाचार