मुख्य समाचार

मन्त्री किरातीद्वारा टिआइएको आन्तरिक टर्मिनल निरीक्षण

मन्त्री किरातीद्वारा टिआइएको आन्तरिक टर्मिनल निरीक्षण

असोज ३०, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सोमबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलको निरीक्षण गरेका छन् ।

चाडपर्वमा भीडभाड हुने विमानस्थलमा यात्रुले भोग्नुपरेको समस्याबारे जानकारी लिन मन्त्री किराती त्रिभुवन विमानस्थल पुगेका मन्त्रीको स्वकीय सचिवालयले जनाएको छ ।

सो अवसरमा विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले हवाई टिकट महँगो भएको र विमानस्थलका पसलले अवास्तविक मूल्यमा सामान बिक्री गरेको गुनासो आएपछि मन्त्री किरातीले विमानस्थलको निरीक्षण गरेको जानकारी दिनुभयो ।

चाडपर्वमा हवाई टिकट महँगो भएको गुनासो आएपछि मन्त्रीले वायुसेवा कम्पनीका प्रतिनिधिसँग पनि छलफल गरेका थिए ।

त्यसैगरी, वायुसेवा कम्पनीहरूले हवाई भाडा घटाउनेबारे विचार गर्न सहमत भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

निरीक्षणका क्रममा मन्त्री किरातीले सामानको अधिकतम खुद्रा मूल्य कायम गर्न टिआइएका पसललाई आग्रह गरे । उनले आगामी निरीक्षणमा यस्ता गुनासो आएमा कारबाही गर्ने चेतावनी दिए ।

१६५ पटक हेरीएको

सम्बन्धित समाचार