कार्तिक ३, काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आगामी फागुन ६ गते लगानी सम्मेलन गर्ने भएको छ ।
बिहीबार धनगढीमा पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले ऊर्जा, कृषि, पर्यटन र उद्योग क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताए ।
सम्मेलनको तयारीका लागि मुख्यमन्त्री शाहको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । त्यसैगरी कार्यसम्पादन समिति र सल्लाहकार समिति पनि गठन गरिएको छ ।
लगानी सम्मेलनबाट प्रदेशले आफ्नो विकासको जग खडा गर्ने अपेक्षा गरेको छ ।
१३४ पटक हेरीएको