मुख्य समाचार

बैतडीमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

बैतडीमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

कार्तिक ८, काठमाडौं । बैतडीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । पाटन–मेलौली सडकखण्डको कद्दरस्थित भीरबाट २ सय मिटर तल पाटन नगरपालिका–५ का ३२ वर्षीय रामबहादुर चन्द मृत अवस्थामा फेला परेका छन् ।

चन्द सोमबार घरबाट कद्दर गएको र भोलिपल्ट मृत अवस्थामा फेला परेको बैतडी प्रहरीले जनाएको छ । उनी भीरबाट खसेको हुनसक्ने प्रहरीले जनाएको छ । यस्तै घटनामा पाटन नगरपालिका–४ कुनीका ४० वर्षीय वीरसिंह विष्टको भीरबाट लडेर मृत्यु भएको छ । दशरथ नगरपालिका–२ स्थित निङ्लाशैनी मन्दिरमा चाडपर्व गरेर घर फर्कने क्रममा विष्ट घर नजिकैको लिसाङगढ भिरबाट खसेका हुन् ।

गम्भीर घाइते विष्टको उपचारका लागि धनगढी लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

१३९ पटक हेरीएको

सम्बन्धित समाचार