समाचार

भूकम्पपीडितको उद्धार र राहतका लागि राष्ट्रपतिको अपिल

भूकम्पपीडितको उद्धार र राहतका लागि राष्ट्रपतिको अपिल

कार्तिक १८, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट र रुकुम पश्चिममा गएराति गएको भूकम्पमा परी मानवीय तथा सम्पत्तिको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार उनले भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन सरकार र सरोकारवाला सबैलाई आग्रह गरेका छन् ।जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ६.४ म्याग्नीच्युडको भूकम्प गएको छ ।

१४५ पटक हेरीएको

सम्बन्धित समाचार