१९ कात्तिक, काठमाडौं । डोटीको शिखर नगरपालिका–६ स्थित केआई सिंह राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
धनगढीबाट बाजुरा आउँदै गरेको ग२ह २७७६ नम्बरको यात्रुवाहक जीप अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । मृत्यु हुनेमा हिमाली गाउँपालिका–५ की २२ वर्षीया राधिका मलाल, उनकी आठ महिनाकी छोरी प्रार्थना, ३२ वर्षीया धनशोभा बुढा र ६ वर्षीया कविन्द्र बुढाको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए । दुर्घटनामा घाइते हुनेमा ३० वर्षीय प्रकाश बुढाथापा, २३ वर्षीय खोमबहादुर मलाल, २४ वर्षीय दानबहादुर बुढा, २१ वर्षीय विमलाल मलाल र २१ वर्षीय राजबहादुर मलाल रहेका छन् । हिमाली गाउँपालिका–५
घाइतेहरुको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ । जिप चालक महेश बुढालाई आवश्यक कारबाही र थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
१३७ पटक हेरीएको