२४ कात्तिक, काठमाडौं । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले ४० माइक्रोनभन्दा कम तौलको प्लाष्टिक प्रयोगमा रोक लगाएको छ । प्लाष्टिकका मालाको बिक्री वितरणमा पनि रोक लगाइएको छ ।
चाडपर्व तथा कार्यक्रममा प्लाष्टिकबाट बनेका मालाको प्रयोग बढेको भन्दै जिल्ला प्रशासनले यसको प्रयोगमा रोक लगाएको सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जानकारी दिए । प्लाष्टिकबाट बनेका फूल, माला र गुच्छा जथाभावी प्रयोग हुने गरेकोले स्थानीय कृषकले उत्पादन गरेको फूलको बजारमा प्रदुषण हुने गरेको उनको तर्क छ ।
सरकारले गत असार २८ गते राजपत्रमा सूचना जारी गर्दै ४० माइक्रोनभन्दा कम तौलका प्लास्टिक झोला उत्पादन, पैठारी, भण्डारण, बिक्री वितरणमा रोक लगाएको थियो । सोही अनुरुप स्थानीय प्रशासनले यस्तो निर्णय गरेको हो ।
१६६ पटक हेरीएको