समाचार

मुस्ताङका सबैका लागि कोरला नाका खुल्यो

मुस्ताङका सबैका लागि कोरला नाका खुल्यो

२९ कात्तिक, काठमाडौं । मुस्ताङ जिल्लाका सबै स्थानीय तहका बासिन्दाले अब चिनियाँ सीमा पार गर्न पाउने भएका छन् । यसअघि मुस्ताङको लोमान्थाङ र लोघेकर गाउँपालिकाका स्थानीयले मात्र कोरला नाका हुँदै चीन जान स्वीकृति दिएका थिए । कोरोना महामारीका कारण बन्द भएको नाका चार वर्षपछि सोमबारदेखि सञ्चालनमा ल्याइएको हो ।

जिल्लाका पाँच वटै स्थानीय तहका बासिन्दालाई कोरला नाका हुँदै चीन आवतजावत गर्न दिन दुई देशका अधिकारी र सुरक्षाकर्मीबीच सोमबार समझदारी भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टासी नरबु गुरुङले जानकारी दिनुभयो । गुरुङले भन्नुभयो, “कोरला नाका उद्घाटनपछि मुस्ताङका सबै नागरिकलाई सीमा पार गर्न अनुमति दिने व्यवस्था मिलाउन चिनियाँ पक्षलाई प्रस्ताव ग¥यौं ।

यससँगै बारागुङ मुक्तिक्षेत्र, घरपाझोङ र थासाङ गाउँपालिकाका स्थानीयले पनि यस्तो सुविधा पाएका छन् । जिल्ला प्रशासन कार्यालय मुस्ताङले यसअघि लो–मान्थाङ र लो–घेकर दामोदर कुण्ड गाउँपालिकाका झण्डै एक हजार स्थानीयलाई प्रवेश पास वितरण गरेको थियो ।

गृह मन्त्रालय र स्थानीय तहसँग समन्वय गरी बाँकी तीन स्थानीय तहमा प्रवेश पास वितरणको प्रक्रिया अगाडि बढाइने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए ।

१६८ पटक हेरीएको

सम्बन्धित समाचार