१३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले आज पदाधिकारीको बैठक बस्दैछ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको बैठक आज दिउँसो उहाँको निवास धुम्बारीमा बस्दैछ । आगामी जनवरी २०२४ मा हुने महासमिति बैठकको तयारीका बारेमा छलफल गर्ने उद्देश्य रहेको पार्टीका आन्तरिक स्रोतले बताए । आजको भेलामा कांग्रेसका महासचिव गगन थापा र विश्वप्रकाश शर्माले सरकारका पछिल्ला कामको विस्तृत समीक्षा गर्दै बृहत् प्रतिवेदन प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । कांग्रेस महासमितिको बैठक आगामी माघ १ देखि ४ गतेसम्म काठमाडौंमा बस्ने भएको छ ।
आजको बैठकले गरेको निर्णयले आगामी बैठकको एजेण्डा तय गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
१६४ पटक हेरीएको