मुख्य समाचार

हिमालय एयरलाइन्सको काठमाडौं–साङ्घाई सिधा उडान सुरु

हिमालय एयरलाइन्सको काठमाडौं–साङ्घाई सिधा उडान सुरु

१६ मंसिर, काठमाडौं । हिमालय एयरलाइन्सले आज चीनको सांघाईमा सिधा उडानको उद्घाटन गरेको छ ।

हिमालय एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १३७ यात्रु लिएर बिहान ९:२० मा सांघाईका लागि उडेको थियो । फिर्ताको उडान यात्रु लिएर आज राति ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । काठमाडौंबाट सांघाई उडानको अवधि करिब ५ घण्टा २० मिनेट छ । एयरलाइन्सका अनुसार सांघाईका लागि हरेक शनिबार नियमित उडान हुनेछ । यो हिमालय एयरलाइन्सबाट सांघाई सम्मको पहिलो सिधा उडान हो, जसले चीनका विभिन्न नौ शहरहरूमा एयरलाइन्सको सेवा विस्तार गरेको छ। उद्घाटन उडानको घोषणा गर्न आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले प्रमुख व्यापारिक तथा पर्यटन केन्द्रको रुपमा रहेको सांघाई सिधा उडानले नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने बताए । । उनले नयाँ रुटले थप चिनियाँ पर्यटक नेपाल भित्र्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले पनि कोभिड–१९ को महामारीपछि चीनबाट हुने उडान विस्तारै विस्तार भएकाले आगामी दिनमा नेपाल आउने चिनियाँ पर्यटकको सङ्ख्या बढ्ने विश्वास व्यक्त गरे ।

नेपालस्थित चिनियाँ दूतावासका इकोनोमिक एण्ड कमर्शियल काउन्सिलर सि युले हिमालय एयरलाइन्सको काठमाडौं–साङ्घाई उडानले द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउनुका साथै व्यापारिक दृष्टिकोणले पनि महत्वपूर्ण हुनेमा जोड दिए ।

१५९ पटक हेरीएको

सम्बन्धित समाचार