२३ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकको आजको सञ्चालक समितिको बैठकले यसलाई अनुमोदन गरेपछि समीक्षा जारी गरिएको हो ।
हालको मुद्रास्फीतिलाई असर गर्ने विभिन्न कारकहरूको विश्लेषण प्रस्तुत गर्दै राष्ट्र बैंकले भुक्तानी सन्तुलनको वर्तमान अवस्था र निजी क्षेत्रलाई दिने बैंक ऋणको वृद्धिदरलाई मध्यनजर गर्दै समीक्षामार्फत बैंक ब्याजदर ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशतमा झारेको हो । । त्यस्तै नीतिगत दर अघिल्लो ६.५ प्रतिशतको तुलनामा ५ दशमलव ५ प्रतिशतमा कायम गरिएको छ ।
अनिवार्य नगद सञ्चिति अनुपात र वैधानिक तरलता अनुपात सम्बन्धी व्यवस्थाहरू अपरिवर्तित छन्। बैंक तथा वित्तीय संस्थाले पुस मसान्तसम्म शतप्रतिशत ऋणपत्र गणना गर्ने व्यवस्था भएमा चालु आर्थिक वर्षको अन्त्यसम्म ५० प्रतिशतलाई श्रोतका रुपमा गणना गर्ने निर्णय भएको छ ।
१४३ पटक हेरीएको