२७ पौष, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको दिव्य उपदेश अहिले पनि सान्दर्भिक र लोकप्रिय रहेको बताएका छन् ।
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले दिव्य भाषण राष्ट्रिय अर्थतन्त्र, देशभक्ति, कूटनीति र परराष्ट्र सम्बन्धका दिशानिर्देश हुन् भन्ने स्मरण गराए । राष्ट्रपतिले आधुनिक नेपालका संस्थापक पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्तीका अवसरमा उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।
“पृथ्वीनारायण शाहले छरिएका राज्यहरूलाई एकताबद्ध गरी आधुनिक नेपालको आकार दिनुभयो, विभिन्न समयमा विभिन्न नायकहरूले आधुनिक नेपाल निर्माणको अभियानलाई निरन्तरता दिनुभयो”, अध्यक्ष पौडेलले वर्तमान अवस्थालाई साकार पार्न पुर्खाको योगदानलाई भुल्न नहुने बताउनुभयो ।
उनले यस दिवसले शान्ति, समृद्धि, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र सार्वभौमसत्ताका लागि एकजुट भएर काम गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।
१५९ पटक हेरीएको