मुख्य समाचार

प्रचण्ड, वोली, देउवा शितलनिवासमा

प्रचण्ड, वोली, देउवा शितलनिवासमा

२८ पौष, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले मुलुकका समस्या समाधान गरी लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गर्न एकजुट भएर लाग्न ध्यानाकर्षण गराउनुभएको छ ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई शुक्रबार शितलनिवासमा बोलाएर देशको महत्वपूर्ण मुद्दामा ध्यानाकर्षण गराउनुभएको हो । सङ्घीयता, सुशासन र सुधारका लागि विश्वविद्यालयहरू लागु गर्न राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।
उनका अनुसार राष्ट्रपति पौडेलले दलहरूले मिलेर ल्याएको सङ्घीयता कार्यान्वयन गर्न, प्रदेशलाई अधिकार दिन मिलेर कानुन बनाउन र जनताले न्याय पाउन सुशासन कायम गर्न नेताहरूको ध्यानाकर्षण गराए ।

राष्ट्रपति पौडेलले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति रिक्त रहेका बेला सक्षम प्राज्ञ ल्याएर विश्वविद्यालय सुधारको अभियान थाल्न पनि ध्यानाकर्षण गराएको सल्लाहकार पोखरेलले जानकारी दिए । अध्यक्ष पौडेलको ध्यानाकर्षणलाई नेताहरुले सकारात्मक रुपमा लिएको बताइएको छ ।

१५८ पटक हेरीएको

सम्बन्धित समाचार