मुख्य समाचार

त्रिविका सबै शैक्षिक प्रमाणपत्र अनलाइन उपलब्ध गराइने

त्रिविका सबै शैक्षिक प्रमाणपत्र अनलाइन उपलब्ध गराइने

५ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले जनवरी २९ गतेदेखि शैक्षिक प्रमाणपत्र वितरणसम्बन्धी सबै सेवा अनलाइनमार्फत उपलब्ध गराउने तयारी गरेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

कार्यालयले शैक्षिक प्रमाणपत्र सम्बन्धी काम अनलाइनबाट सञ्चालन गरी परीक्षा नियन्त्रण कार्यालयको सम्बन्धित क्षेत्रीय कार्यालयमा पठाउने गरी कोही पनि आफ्नो कार्यालय बल्खुमा जानु नपरोस् । विद्यार्थीले यही जनवरी २९ गतेदेखि अनलाइनमार्फत ट्रान्सक्रिप्ट, प्रोभिजनल सर्टिफिकेट, रि-टोटलिङ, कुनै पनि शैक्षिक प्रमाणपत्रको प्रतिलिपि लगायतका विभिन्न प्रकारका सेवाहरू फारम भरेर ई–पेमेन्टबाट भुक्तानी गरी सेवा लिन सक्ने जोशीले बताए ।

उनले भने, ‘हामीले एक साताभित्र परीक्षा नियन्त्रण कार्यालयका सम्बन्धित क्षेत्रीय कार्यालयमा विद्यार्थीको शैक्षिक प्रमाणपत्र पठाइदिन्छौँ जसले गर्दा विद्यार्थीको बल्खु कार्यालयमा जाने बाध्यता हट्छ,’ उनले भने । शैक्षिक प्रमाणपत्रहरू तत्कालका लागि क्षेत्रीय कार्यालयहरूमा पठाइने र आगामी जेठदेखि सम्बन्धित क्याम्पसमा पठाइनेछ जहाँ विद्यार्थीले पाँच दिनभित्र प्राप्त गर्न सक्नेछन्। बल्खु कार्यालयमा दैनिक १ हजारदेखि २ हजारजना शैक्षिक प्रमाणपत्र लिन आउने गरेको जोशीले बताए । विद्यार्थीले परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट www.tuexam.edu.np मा गएर अनलाइन फारम भर्न सक्छन्।

त्रिविको विराटनगर, पोखरा, नेपालगन्ज र अत्तरिया र बल्खुमा क्

२२१ पटक हेरीएको

सम्बन्धित समाचार