१९ माघ, काठमाडौं । यति एयरलाइन्सले आफ्नो सेवा विस्तार गर्न दुईवटा एटीआर ७२–५०० विमान थपेको छ । यो थप विमान बिहीबार ५:२० र ५:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गरेको हो ।
यति एयरलाइन्सले बंगलादेशबाट ७२ सिट क्षमताका दुईवटा विमान खरिद गरेको छ । विमान थपिएसँगै यतिसँग एटीआर ७२–५०० विमानको संख्या ७ पुगेको छ ।
यति एयरलाइन्सका कप्तानले बंगलादेशको ढाकाबाट विमान उडाएर नेपाल ल्याएका हुन् ।
नयाँ विमानलाई स्वागत गर्न यति एयरलाइन्सका कार्यकारी अध्यक्ष लाक्पा सोनम शेर्पालगायतका अधिकारीहरु विमानस्थलमा उपस्थित थिए ।
२१६ पटक हेरीएको