२० माघ, काठमाडौं । संसदको आगामी अधिवेशनलाई प्रभावकारी बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटवार्तामा शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने र संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलगायतका विषयमा छलफल भएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
संघीय संसदको दुवै सदनको हिउँदे अधिवेशन फेब्रुअरी ५ गतेबाट सुरु हुँदैछ ।
१३५ पटक हेरीएको