रोल्पा, रोल्पाको त्रिवेणी गाउँपालिका–१ करेती सिबाङधारामा लागेको भीषण आगलागीमा परि सुकमाली बि.क.को मृत्यु भएको छ। वनमा लागिरहेको आगो निबाउन जाँदा उनी सोही आगोमा जलेर ज्यान गुमाएको स्थानीयले बताएका छन्।
अप्ठ्यारो भू–भागमा आगो फैलिएको कारण नियन्त्रणमा लिन कठिन भइरहेको र आगो अझै नियन्त्रणबाहिर नै रहेको वडाका वडा सदस्य ओसबहादुर घर्तीले जानकारी दिनुभयो। उहाँका अनुसार घटनास्थलमा प्रहरी टोली पुगेको छ र आगो नियन्त्रणमा लिन प्रयास जारी छ।
३३६ पटक हेरीएको