फोटो ग्यालरी

रोल्पाको सहिद मार्गमा जीप दुर्घटना, एकको ज्यान गयो।

रोल्पाको सहिद मार्गमा जीप दुर्घटना, एकको ज्यान गयो।

मंगलबार बिहान करिब ९ बजे दाङको घोराहीबाट रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा आउँदै गरेको लु १ ज ४८५४ नम्बरको टाटा सुमो जीप दुर्घटनामा परेको हो। जीप घोराही उपमहानगरपालिका र रुन्टीगढी गाउँपालिकाको सिमाना क्षेत्र खुम्बासमा सडकबाट तल खसेको थियो।

         
दुर्घटनामा परिवर्तन–६ की २४ वर्षीया विष्णुमाया बुढा मगरको मृत्यु भएको छ। प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार जीपमा चालकसहित ११ जना सवार थिए। घाइते १० जनामध्ये भरत ओली (माडी गाउँपालिका–५ निवासी) गम्भीर घाइते भएका छन् भने अन्य घाइतेहरूको अवस्था मध्यम रहेको छ।

घाइतेहरूलाई उपचारका लागि दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

               

 

८२३ पटक हेरीएको

सम्बन्धित समाचार