माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा प्राविधिक समस्या नभए आज साँझसम्म सार्वजनिक हुने भएको छ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा प्रकाशनका लागि आवश्यक सबै प्राविधिक तयारी अन्तिम चरणमा पुगेको छ। प्रणाली परीक्षणलगायतका काम सम्पन्न भएपछि नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ।
परीक्षा नियन्त्रण कार्यालयका सहसचिव तथा प्रवक्ता जयन्ती सत्यालले नतिजा सार्वजनिक गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। उहाँका अनुसार प्राविधिक समस्या नआए आज साँझभित्रै नतिजा सार्वजनिक गरिनेछ।
नतिजा सार्वजनिक भएपछि विद्यार्थीहरूले www.see.ntc.net.np वेबसाइटमार्फत आफ्नो नतिजा हेर्न सक्नेछन्। साथै एसएमएसमार्फत पनि नतिजा हेर्न सकिने व्यवस्था मिलाइएको छ।
१३७ पटक हेरीएको