जोहरबारु — नेपाल थामी समाज मलेसियाको आयोजनामा ऐतिहासिक उभौली पर्व (भुम्या पूजा) तथा वार्षिक उत्सव–२०२६ आयोजना हुने भएको छ।
समाजद्वारा जारी सूचनाअनुसार उक्त कार्यक्रम जुन ७, २०२६ (आइतबार) का दिन जोहरबारुस्थित लार्किन प्लाजा भित्र रहेको एनआरएनए अफिस हल (SUSUR Mart) मा दिउँसो १२:०० बजेबाट सुरु हुनेछ।
आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य थामी भाषा, धर्म, परम्परा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्नु हो। साथै, मलेसियामा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, एकता र सहकार्यलाई अझ सुदृढ बनाउने लक्ष्य समेत राखिएको छ।
उक्त कार्यक्रममा सहभागी भई पर्वको गरिमा अभिवृद्धि गर्न मलेसियास्थित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आयोजकले हार्दिक निमन्त्रणा दिएको छ।
९९ पटक हेरीएको
टेक मगर