अन्तराष्ट्रिय

विदेशी दूतावासद्वारा सञ्चालित युथ काउन्सिल खारेज गर्न सांसद शाहीको अपिल

विदेशी दूतावासद्वारा सञ्चालित युथ काउन्सिल खारेज गर्न सांसद शाहीको अपिल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाही ले विदेशी दूतावास तथा निकायहरूद्वारा नेपालमा सञ्चालन गरिँदै आएका युथ काउन्सिलहरू खारेज गर्न सरकारसँग अपिल गरेका छन्।

प्रधानमन्त्रीलाई सम्बोधन गर्दै सांसद शाहीले हालै विद्यार्थी युनियन तथा कर्मचारी ट्रेड युनियन खारेज गर्ने निर्णयले शिक्षा र प्रशासनिक क्षेत्रलाई राजनीतिक प्रभावबाट मुक्त बनाउने दिशामा महत्वपूर्ण कदम चालेको उल्लेख गर्दै उक्त निर्णयको स्वागत गरेका छन्।

उनले विदेशी दूतावासद्वारा सञ्चालित युथ काउन्सिलहरूले देशको राष्ट्रिय स्वाभिमान, स्वाधीनता तथा युवा पुस्तामाथि बाह्य प्रभाव पार्न सक्ने भन्दै यसप्रति सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।

सांसद शाहीले नेपाल सरकारको स्पष्ट अनुमति बिना यस्ता कार्यक्रम सञ्चालन गर्न नदिने कडा व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्। साथै, शिक्षा, युवा विकास र राष्ट्रिय नीतिका क्षेत्रमा स्वदेशी मूल्य, इतिहास र आवश्यकतालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।

देशको दीर्घकालीन हित र स्वाभिमानलाई केन्द्रमा राख्दै विदेशी दूतावासले सञ्चालन गर्ने युथ काउन्सिल खारेज गरिने विश्वास उनले व्यक्त गरेका छन्।

११७ पटक हेरीएको

सम्बन्धित समाचार