मनोरञ्जन

रोल्पामा जाली खन्ने क्रममा सकेट बम फेला

रोल्पामा जाली खन्ने क्रममा सकेट बम फेला

रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा जाली लगाउनका लागि खन्ने क्रममा मंगलबार बिहान २ वटा सकेट बम फेला परेका छन्।
स्थानीय मजदुरले खोलामा काम गर्ने क्रममा बिहान करिब ९ः५५ बजे शंकास्पद वस्तु देखेपछि तत्काल जिल्ला प्रहरी कार्यालय रोल्पा लाई बिहान १० बजे जानकारी गराएका थिए। खबर प्राप्त हुनासाथ प्रहरी तथा सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो।
त्यसपछि सूर्यदल गण लिबाङको बम डिस्पोजल टोली पनि घटनास्थलमा पुगेको थियो। टोलीले शंकास्पद वस्तुको निरीक्षण गर्दा उक्त वस्तु सकेट बम भएको पुष्टि गरेको हो।
प्रमुख सेनानी ईश्वर थापा ले फेला परेको वस्तु सकेट बम रहेको र डिस्पोजल टोलीले सुरक्षित रूपमा नियन्त्रणमा लिइसकेको जानकारी दिए। उनका अनुसार अहिले घटनास्थललाई सुरक्षा निगरानीमा राखिएको छ।
सुरक्षा निकायले उक्त सकेट बम द्वन्द्वकालीन समयमा राखिएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

९९ पटक हेरीएको

सम्बन्धित समाचार