कर्णाली

प्रचण्ड’ले समाजवादी मोर्चा नेपाल समाजवादतर्फको यात्राको आन्दोलन भएको बताउनु भयो ।

प्रचण्ड’ले समाजवादी मोर्चा नेपाल समाजवादतर्फको यात्राको आन्दोलन भएको बताउनु भयो ।

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चा नेपाल समाजवादतर्फको यात्राको आन्दोलन भएको बताउनुभएको छ । उनले अहिले आफ्नो सम्पूर्ण जीवन राष्ट्रका लागि समर्पित भएको बताए ।

बिहीबार सुर्खेतमा मोर्चाले आयोजना गरेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले मुलुकको समृद्धि, सुशासन र सामाजिक न्यायका लागि मोर्चा गठन गरिएको बताए । ‘राष्ट्र, राष्ट्रियता र देशको स्वाभिमान जोगाउन मोर्चा अगाडि बढेको हो, यो यात्रा मोर्चाको आन्दोलन हो,’ दाहालले भने ।

एकताबद्ध भएर मोर्चालाई थप फराकिलो बनाउँदै अघि बढ्न आग्रह गर्दै प्रधानमन्त्रीले देश र जनतालाई केन्द्रमा राखेर कम्युनिष्ट आन्दोलन गन्तव्यमा पुग्नु पर्ने तर्क गरे ।

नेपालको रुपान्तरणमा देशमा कम्युनिष्ट शक्तिले ऐतिहासिक भूमिका खेलेको बताउँदै प्रधानमन्त्री दाहालले मोर्चा बलियो भएर उभिने बताए ।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्धको लडाइँ नरोकिने बताउँदै यसलाई थप तीव्रता दिइने बताउनुभयो । यसका लागि राजनीतिक दललगायत सबै सरोकारवालाको सहयोग आवश्यक छ ।

प्रधानमन्त्री दाहालले भ्रष्टाचारविरुद्धको अभियान कुनै राजनीतिक दललाई लक्षित नगरिएको र भ्रष्ट व्यक्तिको राजनीतिक अभिमुखीकरणका आधारमा कसैलाई पनि उन्मुक्ति नहुने धारणा राखे ।

कार्यक्रममा बोल्दै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा भएका राजनीतिक उपलब्धिलाई जोगाउन मोर्चा आवश्यक रहेको तर्क गर्नुभयो ।

मोर्चाका कारण यो सरकार ढल्ने आशंका भए पनि नेपालले आफ्नो सरकार कुनै पनि हालतमा ढाल्ने छैन बरु यो सरकारलाई जोगाउन मोर्चाले महत्वपूर्ण भूमिका खेल्ने दाबी गरेको छ ।

त्यसैगरी, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले मुलुकमा प्रतिगामी र प्रतिक्रियावादी शक्तिले कम्युनिष्ट शक्तिमाथि हमला गरिरहेको भन्दै क्रान्तिलाई पूर्णता दिएमा प्रतिक्रान्तिकारीहरू ध्वस्त हुने तर्क गरे ।

१९५ पटक हेरीएको

सम्बन्धित समाचार