का१७ भदौ, काठमाडौँ । काठमाडौँ : एनसेल आजियाटा लिमिटेडले सन् २०२३ को ६ महिनामा ९ अर्ब ७६ करोड ९९ लाख रुपैयाँ बराबरको आम्दानी अर्थात, रेभिन्यू आर्जन गरेको छ । यसले गत वर्षको यसैअवधिमा १० अर्ब ४६ करोड ५५ लाख रुपैयाँ व्यापार गरेको थियो । यो ६.६५ % ले कम हो । कम प्रिपेड भ्वाइस आम्दानीका कारण व्यापार घटेको कम्पनीले जनाएको छ ।
उच्च कर र उच्च वित्त लागतको कारण पनि आम्दानी प्रभावित भएको हो । आजियाटा ग्रुप बर्हाडका अनुसार यस कम्पनीले २०२३ को पहिलो त्रैमासमा ९ अर्ब १८ करोड २२ लाख रुपैयाँ आम्दानी गरेको थियो । ब्याज, कर, मूल्यह्रास र परिशोधन (इबीआइटीडीए) ५ अर्ब ५९ करोड पुगेको छ । गत वर्षको यसै त्रैमासमा ५ अर्ब ३३ करोड रहेको थियो । कर अघिको नाफा अर्थात, अर्निङ विफोर इन्कम ट्याक्स (इबीआइटी) २ अर्ब ३० करोड ३१ लाखबाट बढेर २ अर्ब ४८ करोड १२ लाख रुपैयाँ पुगेको छ ।
कर र अल्पसंख्यक ब्याज (पीएटीएएमआइ) १ अर्ब २८ करोड ९५ लाख पुगेको छ । गत वर्ष उक्त लाभ १ अर्ब १६ करोड ९३ लाख थियो । कम्पनीको खर्च रेभिन्यूको ४.८३% रहेको छ । जुन ४७ करोड १८ लाख रुपैयाँ हुन आउछ । गत वर्षको यसै त्रैमासमा यसको खर्च ७५ करोड ३५ लाख रहेको थियो । सेल्स तथा मार्केटिङ खर्च ७० करोड ४० लाख रहेको छ ।
गत वर्ष ९३ करोड ६७ लाख रहेको थियो । त्यस्तै, १ अर्ब ५५ करोड ४२ लाख रहेको नेटवर्क कस्ट घटेर १ अर्ब ५५ करोड १४ लाख कायम भएको छ । यता, स्टाफ कस्ट ५७ करोड रहेको छ । गत वर्षको यसै अवधिमा ६२ करोड ४८ लाख थियो । ४ अर्ब ८४ करोड ६८ लाख रहेको कुल सञ्चालन खर्च ४ अर्ब १७ करोड ७६ लाख कायम भएको छ ।
हाल एनसेलमा ५ लाख ५६ हजार पोस्पेड ग्राहकहरु छन् । गत वर्ष ५ लाख २९ हजार थिए । यता, प्रिपेड ग्राहकको संख्या १ करोड ६१ लाख ५१ हजार रहेका छन् । गत वर्ष १ करोड ६२ लाख ८८ हजार थियो । ७३% ग्राहकहरु स्मार्टफोन प्रयोगकर्ता छन् ।
२१७ पटक हेरीएको