पर्यटन

हिमाल आरोहणका लागि ६५ जनालाई अनुमति

हिमाल आरोहणका लागि ६५ जनालाई अनुमति

१९ भदौ, काठमाडौं । यस वर्ष शरद ऋतुमा ६५ जनाले विभिन्न हिमाल आरोहणको अनुमति पाएका छन् । अनुमतिका लागि आवेदन दिन अझै केही दिन लाग्न सक्छ। विभिन्न २० देशका ५७ पुरुष र ८ महिलाले हिमाल आरोहणको स्वीकृति लिएको पर्यटन विभागले जनाएको छ । आरोहण अनुमति प्राप्त गर्ने सबैभन्दा बढी रुसका १२ जना आरोही हुन्। त्यस्तै चीनबाट ८ जना र क्यानडाबाट ६ जनाले स्वीकृति लिएका छन् ।

आरोहण अनुमति पाएकामध्ये ६१ जनाले मनास्लु हिमाल आरोहण गरिरहेका छन् । जसमा ५४ पुरुष र ७ महिला रहेका छन् । मनास्लु हिमाल आरोहणमा विभिन्न ६ टोली छन् । हिमालको उचाइ ८१६३ मिटर छ । त्यसैगरी रक्षा उराई हिमालमा ३ पुरुष र १ महिलासहित ४ जना चढेका छन् । उक्त पहाडको उचाइ ६५९३ मिटर छ ।

नेपाल सरकारले हिमाल आरोहण अनुमतिपत्र जारी गरेर हालसम्म ७३ लाख ६० हजार ८५० रुपैयाँ राजश्व संकलन गरेको छ ।

१९५ पटक हेरीएको

सम्बन्धित समाचार