गण्डकी

वालिङमा रक्तसञ्चार केन्द्र स्थापना

वालिङमा रक्तसञ्चार केन्द्र स्थापना

२० भदौ, स्याङ्जा । स्याङ्जा जिल्लाको वालिङमा रक्तसञ्चार केन्द्र स्थापना गरिएको छ । खाँचोमा परेकाहरूलाई रगतको आपूर्ति सुनिश्चित गर्न र उनीहरूको जीवन रक्षा गर्ने उद्देश्यले ग्रहौ आधारभूत अस्पतालमा रक्त संक्रमण केन्द्र स्थापना गरिएको हो।

वालिङमा रक्तसञ्चार केन्द्र सञ्चालनमा आएसँगै डायलासिस केन्द्रको उपचार, प्रसूति सेवा र आकस्मिक स्वास्थ्य सेवा सहज र सुलभ हुने अपेक्षा गरिएको छ ।

रक्तसञ्चार केन्द्रबाट स्याङ्जाको पैदल, भिरकोट, चापाकोट, गल्याङ र कालीगण्डकीका स्थानीय र पर्वतको दक्षिणी क्षेत्रका बासिन्दा लाभान्वित हुने अपेक्षा गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी स्याङ्जा शाखाको समन्वयमा केन्द्र सञ्चालनमा आएको वालिङ नगरपालिकाका मेयर कृष्ण खाँणले जानकारी दिए ।

रक्त संक्रमण केन्द्रको व्यवस्थापन नेपाल रेडक्रस सोसाइटीले गर्ने छ भने नगरपालिका र अस्पताल प्रशासनले अन्य काम गर्ने नेपाल रेडक्रस सोसाइटी स्याङ्जा शाखाका अध्यक्ष दिनेश अर्यालले बताए ।

१६० पटक हेरीएको

सम्बन्धित समाचार