कर्णाली

सर्पदंशबाट सुत्केरी आमासहित दुईको मृत्यु

सर्पदंशबाट सुत्केरी आमासहित दुईको मृत्यु

रुकुम पश्चिममा सर्पदंशबाट सुत्केरी आमासहित दुई महिलाको मृत्यु भएको छ ।

चौरजहारी नगरपालिका–१३ की २२ वर्षीया सुत्केरी आमा विनिता ओली विष्ट र सानीभेरी गाउँपालिका–१ की ६१ वर्षीया गङ्गी पुनको सर्पदंशबाट मृत्यु भएको हो ।

विष्टलाई मंगलबार दिउँसो गाईवस्तुका लागि घाँस टिप्ने क्रममा सर्पले टोकेको थियो । अत्याधिक रगत बगेपछि सोही रात बच्चालाई जन्म दिएपछि चौरजहारी अस्पताल लगिएको थियो ।

शरिरमा सर्पको विष फैलिँदा र अत्याधिक रक्तश्रावका कारण विष्टको आज बिहान मृत्यु भएको अस्पतालका प्रशासक दिलबहादुर गिरीले जानकारी दिए । नवजात शिशुको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

यस्तै सर्पले गङ्गी पुनलाई भदौ २१ गते डसेपछि चौरजहारु अस्पतालबाट प्रादेशिक अस्पताल सुर्खेत रिफर गरिएको थियो । पुनका परिवारले गाउँमै उपचार गराउने भन्दै घर ल्याएको वडाध्यक्ष टेकबहादुर पुनले बताए ।

अस्पतालबाट घर ल्याएको चार दिनपछि मंगलबार पुनको निधन भएको हो ।

२२० पटक हेरीएको

सम्बन्धित समाचार