२२ भदौ, काठमाडौं । हिमालय किरण पब्लिक क्याम्पस संखुवासभाको क्याम्पस भवनको परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले संयुक्त रुपमा उद्घाटन गरे । भारतको रु ३७.४० मिलियन अनुदानमा यो आयोजना सम्पन्न भएको हो ।
परराष्ट्रमन्त्री एनपी साउदले नेपाल र जनताको विकासमा योगदान पु¥याउने भारतजस्तो छिमेकी पाउनु नेपाल गौरवको विषय भएको बताए । उनले नेपालको विकासमा भारतबाट निरन्तर सहयोगको अपेक्षा गरेको बताए ।
भारतीय राजदूत श्रीवास्तवले यो परियोजना भारत र नेपालबीचको अत्यन्त सुदृढ विकास साझेदारीको एउटा महत्वपूर्ण पक्ष भएको बताउनुभयो, जसले पछिल्ला वर्षहरूमा महत्वपूर्ण प्रगति गरेको छ ।
१५८ पटक हेरीएको