समाचार

मलेसिया पठाउने बहानामा ठगी गरेको आरोपमा एक जना पक्राउ

मलेसिया पठाउने बहानामा ठगी गरेको आरोपमा एक जना पक्राउ

असोज ६, काठमाडौं । रोजगारीका लागि मलेसिया पठाउने बहानामा ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी गरेको आरोपमा हाल काठमाडौं महानगरपालिका–३२ सेतोपुल बस्ने डोटी शिखर नगरपालिकाका ३२ वर्षीय धनबहादुर बोगटीलाई पक्राउ गरेको छ ।

मलेसियामा मासिक तलब ६० हजार दिने प्रलोभनमा धनबहादुरले डोटीका कृष्णबहादुर बोगटीलाई तीन लाख रुपैयाँ ठगी गरेको कार्यालयका प्रवक्ता सुपरिटेन्डेन्ट रवीन्द्र रेग्मीले बताए ।

कृष्णसँग रकम लिएर धनबहादुर फरार भएका थिए । वैदेशिक रोजगार विभागले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उनलाई पक्राउ गरिएको हो ।

प्रहरीले उनलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि विभागमा बुझाएको छ ।

१५१ पटक हेरीएको

सम्बन्धित समाचार