खेलकुद

एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाल प्रहरीका क्रिकेट खेलाडी सम्मानित

एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाल प्रहरीका क्रिकेट खेलाडी सम्मानित

असोज २०, काठमाडौं । १९ औँ एसियाली खेलकुद टी–२० क्रिकेटमा नेपालको प्रतिनिधित्व गरेका नेपाल प्रहरीका पाँच खेलाडीलाई उत्कृष्ट प्रदर्शन गरेबापत सम्मान गरिएको छ ।

बिहीबार एक कार्यक्रमका बीच नेपाल प्रहरीका महानिरीक्षक तथा नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष वसन्तबहादुर कुँवरले खेलाडीहरुलाई सम्मान गरेका हुन् ।

सम्मानित क्रिकेटरमा दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, सागर ढकाल, करण केसी र गुलसन झा रहेका छन् ।

आईजीपी कुँवरले क्रिकेट खेलाडीको अन्तर्राष्ट्रिय सफलताले प्रहरी संगठनको छवि र प्रतिष्ठा बढेको बताए । उनले नेपाल प्रहरीका खेलाडीलाई आफ्नो खेलकुद विकासलाई निरन्तरता दिन आग्रह गरे ।

ऐरीले नेपाल प्रहरीसँग आबद्ध भएकोमा गर्व व्यक्त गर्दै आईजीपी कुँवरले तालिम र व्यवस्थापनमार्फत खेलाडी विकासमा खेलकुद समितिको सक्रिय भूमिकाको महत्त्वमा जोड दिए ।

१६३ पटक हेरीएको

सम्बन्धित समाचार