असोज २१, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार दिउँसो राष्ट्रपति भवनमा भेटवार्ता गरेका छन् ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार प्रधानमन्त्री दाहालले आफ्नो हालैको चीन भ्रमण र अमेरिकाको न्यूयोर्कमा भएको संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभाको बैठकबारे जानकारी गराएका हुन् ।
भेटमा देशको समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो ।
यसअघि शनिबार उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपति पौडेलसँग देशको समसामयिक विषयमा छुट्टाछुट्टै भेटवार्ता गरेको सल्लाहकार पोखरेलले जानकारी दिए ।
२२३ पटक हेरीएको