२१ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पपीडितको उद्धार, राहत र पुनःस्थापना सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।
भूकम्पपीडितको उद्धार र राहतका लागि सरकारलाई धन्यवाद दिन आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूसँगको भेटमा उनले सरकारले भूकम्पपीडितलाई सक्दो सहयोग गर्न कुनै कसर बाँकी नराखेको बताए ।राप्रपाका सांसदहरूले व्यक्त गरेको कृतज्ञताले आफूलाई काम गर्न थप उर्जा मिलेको बताउँदै प्रधानमन्त्रीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण र मन्त्रिपरिषद्मार्फत राप्रपाले दिएको सुझावलाई सरकारले कारबाही गरेको बताए ।
पीडितले सहि समयमा र सहि तरिकाले राहत सहयोग पाउन सक्ने वातावरण बनाउन सरकार सचेत रहेको उनले बताए । प्रधानमन्त्री दाहालले विगतका कमीकमजोरी नदोहोर्याउने र त्यसबाट पाठ सिकेर पीडितको राहत र पुनर्स्थापनालाई सोही अनुसार अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा राप्रपाका उपसभापति डोरप्रसाद अर्यालले प्रधानमन्त्रीलाई चारबुँदे ज्ञापनपत्र बुझाउदै पीडित परिवारसम्म राहत सामग्री पुगे/नभएको अनुगमन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । चिसो मौसमलाई ध्यानमा राखेर बाँचेकाहरूलाई राहत र पुनर्स्थापनाका लागि कानूनमा आवश्यक सुधार गर्ने ।
१८१ पटक हेरीएको