लुम्बिनी

पाल्पा जीप दुर्घटना: मृतकको सनाखत

पाल्पा जीप दुर्घटना: मृतकको सनाखत

भदौ १३, पाल्पाको राब्दीकोट गाउँपालिका–२ जोरतेमा आज भएको जीप दुर्घटनामा परी मृत्यु भएका तीन जनाको सनाखत भएको छ ।

उनीहरुमध्ये गुल्मी जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान ३२ वर्षीय यामबहादुर बोहरा, गुल्मीको रेसुंगा नगरपालिका–७ का ५० वर्षीय मंकला चुडारा र कास्की जिल्ला पोखरा महानगरपालिका–२५ का ३१ वर्षीय विनोद तिमिल्सिना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले गुल्मीबाट पाल्पा जाने बाटोमा सुक्खा पहिरोले जिप पुरिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।

दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् भने उनीहरुको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । आज बिहान करिब ८:३० बजे दुर्घटना भएको रिब्दीकोट गाउँपालिका–२ वडाध्यक्ष ओमप्रकाश पोखरेलले जानकारी दिए । दुर्घटनाबारे थप अनुसन्धान भईरहेको बताइएको छ ।

२३३ पटक हेरीएको

सम्बन्धित समाचार