गण्डकी

वर्ड क्याम्प-२०२४ पोखरामा सुरु

वर्ड क्याम्प-२०२४ पोखरामा सुरु

२८ पौष, काठमाडौं । छैटौं वर्ड क्याम्प नेपाल–२०२४ शुक्रबार पोखरामा सुरु भएको छ । कार्यक्रममा नेपालबाट ४ सयसहित बंगलादेश, भारत, अमेरिका, मलेसिया र युरोपेली मुलुकका करिब एक हजारको सहभागिता रहेको वर्ड क्याम्प नेपाल २०२४ का स्थानीय संयोजक निशाल गुरुङले जानकारी दिए ।

वर्डप्रेस नेपालले आयोजना गरेको कार्यक्रमले आगन्तुकहरूलाई सुरक्षित र सुदृढ वर्डप्रेस खोज्ने सम्भावित उपायहरूबारे जानकारी गराउने उद्देश्य राखेको छ। प्रमुख कार्यक्रमहरू शिविरको दोस्रो दिनमा हुन्छन् जहाँ राष्ट्रिय र अन्तर्राष्ट्रिय वक्ताहरूले सहभागीहरूलाई वर्डप्रेस र सूचना प्रविधिको ज्वलन्त आयामहरूमा प्रशिक्षण दिने कार्यक्रम छ।

सम्मेलनको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सूचना प्रविधिको नयाँ आविष्कारलाई आफ्नो जीवनमा आत्मसात र समायोजन गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

१५० पटक हेरीएको

सम्बन्धित समाचार