लुम्बिनी

भालुवाङ बस दुर्घटनाका घाइतेको प्रभावकारी उपचार गर्न प्रधानमन्त्री दाहालको निर्देशन

भालुवाङ बस दुर्घटनाका घाइतेको प्रभावकारी उपचार गर्न प्रधानमन्त्री दाहालको निर्देशन

२८ पौष, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाङको भालुवाङमा भएको बस दुर्घटनामा घाइते भएकाहरुको प्रभावकारी उपचार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार प्रधानमन्त्रीले घाइतेको उद्धार र उपचारमा प्रभावकारी भूमिका खेल्न सम्बन्धित सरकारी निकायलाई आग्रह गर्नुभएको छ । उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति राप्ती गाउँपालिका–१ भालुवाङमा राप्ती नदीमा खसेको हो । मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

२८३ पटक हेरीएको

सम्बन्धित समाचार