१२ माघ, काठमाडौं । मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड) ले जमुने–पोखरा अन्तर्गत जिल्लाको शुक्लागण्डकी नगरपालिका–२ हलेदीसम्मको सडक कालोपत्रे गर्न थालेको छ ।
बिहीबार पहिलो दिन ४२० मिटर एकतर्फी कालोपत्र गरिएको सडक शाखाका इन्जिनियर तथा सूचना अधिकारी नारायण पौडेलले जानकारी दिए । उनका अनुसार आगामी मार्च १३ गतेसम्म एकतर्फी पाँच किलोमिटर खण्ड कालोपत्र गर्ने लक्ष्य रहेको छ । उनले आजैदेखि म्याग्दे गाउँपालिकाको जमुने र शुक्लागण्डकी नगरपालिकाको बेलचौताराबाट पनि कालोपत्र गरिने जानकारी दिए । ‘अब कामलाई तीव्रता दिइनेछ र कालोपत्र गर्ने कामलाई निरन्तरता दिइनेछ । आवश्यक जनशक्ति र उपकरण तयार छ ।” पहिलो चरणमा एकतर्फी मात्र कालोपत्र गर्ने र एकतर्फी काम भएपछि दुईतर्फी अगाडि बढाइने उनले बताए । सडक आयोजनाले डामर प्रविधि प्रयोग गरी कालोपत्र गर्ने कामलाई अगाडि बढाएको छ । पश्चिमाञ्चल खण्डअन्तर्गत जामुनदेखि पोखरासम्मको काम सन् २०२१ मे १४ गते सम्झौतामा हस्ताक्षर गरी २९ अगस्ट २०२१ बाट सुरु भएको थियो । सात अर्ब ४० करोडको लागतमा खण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी यानहुई काइयुन हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनलाई दिइएको थियो । पश्चिम खण्डको निर्माण सम्पन्न गर्ने समयसीमा अगस्त २०२४ हो। कालोपत्र सुरु भएपछि आफूहरु आशावादी भएको स्थानीय शंकर पन्तले बताए । उनले भने, ‘सडक विस्तार सुरु भएको लामो समयपछि कालोपत्रको काम अघि बढेपछि सडकको धुलो र हिलोबाट दिक्क भएका स्थानीयवासी खुसी छन् ।
उनले निर्माण कार्यमा गुणस्तरीयता सुनिश्चित गर्न निरन्तर अनुगमन गर्ने बताए । मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको खण्डको काम सुस्त रहेको छ ।
साझा गरिए अनुसार पश्चिम भागको २० किलोमिटर खण्ड कालोपत्र गर्न आवश्यक सामग्रीको व्यवस्था गरिएको छ । त्यस्तै, पूर्वी खण्डको करिब २० किलोमिटर खण्ड कालोपत्र भइसकेको छ । पूर्वी भागको ठेक्का चाइना कम्युनिकेसन्स कन्स्ट्रक्सनलाई दिइएको थियो । यो मध्य मे २०२४ सम्मको म्याद छ।
१३० पटक हेरीएको