पर्यटन

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र चीनको चोङकिङ शहरबीच सिधा उडान सञ्चालनको प्रस्ताव

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र चीनको चोङकिङ शहरबीच सिधा उडान सञ्चालनको प्रस्ताव

भदौ २०, काठमाडौँ । हाल चीन भ्रमणमा रहेका नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र चीनको चोङकिङ शहरबीच सिधा उडान सञ्चालनको प्रस्ताव राखेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को निमन्त्रणामा १२ दिने चीन भ्रमणमा रहेका महासचिव पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का पोलिटब्युरो सदस्य र पोखरेल नेतृत्वको नेपाली प्रतिनिधिमण्डलबीच भएको भेटमा उक्त प्रस्ताव राखेका हुन् ।

तीन हजार वर्षको इतिहास बोकेको र चीनको पश्चिममा महत्वपूर्ण राजनीतिक, आर्थिक र रणनीतिक केन्द्र भएको सहर चोङ्छिङ शहरमा उक्त बैठक सम्पन्न भएको थियो। सहरलाई उच्च घनत्व भएको नगरपालिकाको रूपमा पनि चिनिन्छ।

कार्यक्रममा महासचिव पोखरेलले अरनिको र भृकुटीबीचको सम्बन्ध लामो समयदेखि मैत्रीपूर्ण रहेको र तत्कालीन नेकपा (एमाले)का अध्यक्ष मनमोहन अधिकारीको प्रधानमन्त्रीको हैसियतमा भएको चीन भ्रमणले नेपाललाई थप सुमधुर बनाएको उल्लेख गरे । – चीन सम्बन्ध।

साथै पूर्वउपप्रधानमन्त्री पोखरेलले आफ्नो पार्टीका अध्यक्ष र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच महत्वपूर्ण व्यापार सम्झौता र सन्धि–सम्झौता भएकाले तेस्रो मुलुकसँगको नेपालको व्यापारिक मार्गका लागि महत्वपूर्ण मानिएको बताए ।

उनले ती सहमति र सन्धिको प्रभावकारी कार्यान्वयनको कामना आफ्नो पार्टीले गरेको बताए । उहाँले विकास निर्माणका काममा चीनको अनुभव र ज्ञानबाट नेपाललाई लाभान्वित गर्न दुवै देशका युवाबीच अनुभव आदानप्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

१५७ पटक हेरीएको

सम्बन्धित समाचार