भदौ २१, काठमाडौँ । मानव बेचबिखन जघन्य अपराध भएकाले यसको रोकथाम र अन्त्यका लागि सबै एकजुट हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
अखिल नेपाल महिला संघले १७ औं राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवसको अवसरमा बुधबार यहाँ आयोजना गरेको अन्तरक्रियामा उनीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा शक्ति समूहका अध्यक्ष चरिमाया गुरुङले मानव बेचबिखनमा संलग्न अपराधीलाई राजनीतिक दलले संरक्षण गर्न नहुने बताइन् ।
उनले यस्तो जघन्य अपराधमा संलग्नलाई कानुनको कठघरामा ल्याउनुपर्ने आवश्यकता औंल्याइन् ।
त्यस्तै सामाजिक अभियन्ता गौरी प्रधानले पछिल्लो समय महिला मात्र नभएर पुरुष पनि मानव बेचबिखनको सिकार बन्न थालेको बताइन् ।
कार्यक्रममा अन्य वक्ताले पनि मानव बेचबिखन रोक्न सबै आ–आफ्नो ठाउँमा सक्रिय हुनुपर्नेमा जोड दिए ।
अनेवाका कार्यवाहक अध्यक्ष सुमित्रा बिसीले मानव बेचबिखन रोकथामका लागि लामो समयदेखि मानव बेचबिखन रोकथामका लागि काम गरिरहेको र त्यसलाई रोक्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन् ।
१६५ पटक हेरीएको